१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अस्पतालको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला

प्रकाशित मिति :  २३ फाल्गुन २०८०, बुधबार ०४:५७


विराटनगर । नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवराज शिशु फेला परेका छन् ।

आकस्मिक कक्षको महिला शौचालयमा सालनाल सहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अन्दाजी ६ महिनाको जस्तो देखिने शिशु फेला परेको हो ।

अवैध यौन सम्पर्कबाट गर्भ बसेपछि जन्मिएको शिशुलाई शौचालयमा फ्यालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे अनुसन्धान भइरहको भन्दै प्रहरीले शिशु फाल्नेको खोजी पनि भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !