६ असार २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भ्रष्टाचार आरोपमो चार जनाविरुद्ध मुद्दा दायर

प्रकाशित मिति :  २२ फाल्गुन २०८०, मंगलवार ११:१६


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख (सि.डि.ई.) सचिन्द्र कुमार देव, तत्कालीन इन्जिनियर मदन राय र सव–इन्जिनियर सरोज कुमार यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

गैरकानूनी रुपमा उहाँहरुले सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. चार मधुवापुर अन्तर्गत मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दूरीमा कालोपत्रे बाटो निर्माण गर्न विना टेन्डर निर्माण सम्पन्न गराई एक लाख सड्चालिस हजार रुपैयाँ बढी भुक्तानी गराउन भूमिका खेलेको पाइएको अख्तियारले उल्लेख गरेको छ ।

उहाँहरुले गुन्जा कन्सट्रक्सन सप्तरीका प्रोपाइटर गोविन्द प्रसाद मण्डलसँग सडक निर्माणमा सम्झौता गरेभन्दा बढी कार्य गरेको भनी बढी प्राविधिक र अन्य मूल्यांकन गराई ३,४७,००० हजार रुपैयाँ बढी भुक्तानी दिलाउनुभएको थियो ।

भ्रष्टाचार गरेको दाबी सहित तीनै जना विरुद्ध आज विशेष अदालत काठमाडौंमा अख्तियारले सोही रकम, कैद र जरिवाना तिराउन माग गरेको छ ।

अख्तियारको अनुसन्धानको क्रममा उक्त कार्यमा शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख देव, तत्कालीन इन्जिनियर राय र सव–इन्जिनियर यादवको संलग्नता पुष्टि भएको भन्दै उहाँहरुलाई विगो दाबी सहित कारबाही गर्न दायर आरोप पत्रमा अख्तियारले माग गरेको छ ।

‘निर्माण आयोजनाको ठेक्का इष्टिमेट र योजनाको सम्झौता समेतमा हस्ताक्षर गरेको, कम काम गरी बढी काम गरेको भनी प्राविधिक मूल्याङ्कन सहितको नापी किताब, ठेक्का बिल, अन्तिम नापी किताब, कार्य स्वीकार प्रतिवेदनसमेत प्रमाणित गरी निर्माण व्यावसायीलाई ३,४७,०००/– बढी रुपैयाँ भुक्तानी दिएको पुष्टि हुन आएको हुँदा निजहरुलाई बिगो तीन लाख सड्चालीस हजार रुपैयाँ कायम गरी कैद र जरिवाना हुन मागदाबी लिइएको हो’ अख्तियार प्रवक्ता नरहरी घिमिरे जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !