१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मोरङमा गाडीले ठक्कर दिदा एक जनाको गयो ज्यान

प्रकाशित मिति :  २२ फाल्गुन २०८०, मंगलवार ०४:४२


विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा भएको दुर्घटनामा एकजना युवकको ज्यान गएको छ । पहिचान नखुलेको सवारी साधनको ठक्करबाट सोमबार राति ग्रामथान गाउँपालिका–६ का ३० वर्षीय सुरज माझीको निधन भएको प्रहरीले जनाएको छ ।

ग्रामथान–६ नेता चोक भन्ने स्थानमा सिकिस्त घाइते अवस्थामा माझी फेला परेका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्राका क्रममा उनलाई सवारी साधनले ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

उनलाई ठक्कर दिने सवारी साधनको खोजीका साथै घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !