१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नवनियुक्त मन्त्रीद्वारा शपथ

प्रकाशित मिति :  २१ फाल्गुन २०८०, सोमबार १२:४२


काठमाडौं । गठबन्धनमा फेरबदलसँगै मन्त्रिमण्डल पुर्नगठन भएकाे छ ।

नयाँ गठबन्धन बनाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साेमबार नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना सांसद्लाई मन्त्री नियुक्त गर्नुभएकाे छ ।

नवनियुक्त मन्त्रीहरु एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्यालले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयाेजित एक समाराेहबीच नवनियुक्त तीनै जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएकाे हाे । तीनै मन्त्रीकाे जिम्मेवारी भने ताेकिएकाे छैन ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठ, संवैधानिक निकायमा प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीको लगायतको उपस्थिति थियो ।

नेपाली कांग्रेसहितकाे गठबन्धन टुटेर आजै नयाँ गठबन्धन बनेकाे हाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !