१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भत्कियाे पाँच वर्षको लागि भनेर बनाइएको वर्तमान सत्ता गठबन्धन, आजै नयाँ मन्त्री नियुक्त हुने

प्रकाशित मिति :  २१ फाल्गुन २०८०, सोमबार ०९:४५


काठमाडौं । पाँच वर्षको लागि भनेर बनाइएको वर्तमान सत्ता गठबन्धन भत्किएको छ ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताले छलफल गरी कांंग्रेसँगको पुरानो गठबन्धन भत्काएर नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने सहमति गरेका हुन् ।

सहमतिसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सानो आकारको नयाँ मन्त्रिपरिषद् बनाउन लाग्नु भएको हो । आज प्रधानमन्त्रीले तीन जना बिना विभागीय मन्त्री बनाउनुहुने भएको छ ।

माओवादी, एमाले र रास्वपाका शीर्ष दलका नेता बिच भएको छलफल पछि सोमबार प्रधानमन्त्रीले राष्ट्रपति कार्यालय सितलनिवास गएर राष्ट्रपति रामचन्द्र पौडेललाई सो विषयमा जानकारी गराउनुभएको छ । नयाँ मन्त्रीलाई आज साँझ पाँच बजे शपथ खुवाउने कार्यक्रम रहेको छ ।

नयाँ बन्ने मन्त्रिपरिषद् बैठकमा एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल जानुहुने भएको छ । उहाँहरू तीनै जना आज विनाविभागिय मन्त्री बन्नु हुने छ । मन्त्रिपरिषद् विस्तार भएपछि उहाँहरूको जिम्मेवारी तोकिने छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !