१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेस अटेर गरि सरकारमै बस्ने, मन्त्रीहरुले राजीनामा नदिने

प्रकाशित मिति :  २१ फाल्गुन २०८०, सोमबार ०८:१६


काठमाडौं । सत्ता सीमकरण लगभग फेरिएको छ । तर, समीकरण नफेर्न नेपाली कांग्रेसले अन्तिम समयसम्म प्रयास गर्ने भएको छ ।

नेपाली कांग्रेसका एक पदाधिकारीले राइजिङ सन खबरलाई बताए अनुसार वर्तमान समीकरण जोगाउन कांग्रेसले सम्भव सबै उपाय अपनाउने भएको हो ।

‘कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने निर्णय गरिएको छ, पदाधिकारी वैठकबाट अनौपचारिक रुपमा यस्तो निर्णय गरिएको हो’– एक पदाधिकारीले राइजिङ सन खबरलाई बताए । ती पदाधिकारीका अनुसार मन्त्रीहरु सरकारी मोटर नचढी निजी मोटरमा सभापति शेरबहादुर देउवाको निवास पुगेका थिए । निवासमा पुगेका मन्त्रीहरुलाई देउवाले राजीनामा नगर्नु भन्नुभएको छ ।

यस अघि कांग्रेसका मन्त्रीहरुले कार्यकाल सकिएको भन्दै मन्त्रालयबाट विदावारी हुने तयारी गरेका थिए । तर, पदाधिकारी वैठकले समीकरण जोगाउन सकिने भन्दै उपाय खोज्ने निर्णय गरेको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !