१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टुट्यो गठबन्धन, नयाँ सत्ता समीकरणको विषयमा बालुवाटारमा छलफल हुदैँ

प्रकाशित मिति :  २१ फाल्गुन २०८०, सोमबार ०५:३६


काठमाडौं । लगभग नेपाली काङ्ग्रेससँग को गठबन्धन टुटाएर प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ समीकरणको विषयमा बालुवाटारमा छलफल सुरु गर्नु भएको छ ।

नयाँ सत्ता समीकरणको विषयमा छलफल गर्न एमाले, माओवादी र रास्वपाका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटामा भेला हुनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ तथा वर्षमान पुनः जम्मा हुनुभएको छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल पनि सो बैठकमा हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने बैठकमा हुनुहुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन तोडेर एमाले, रास्वपा र जसपासँग मिलेर नयाँ सरकार बनाउने तयारी गरिरहनु भएको छ । सोही विषयमा छलफल गर्न नेताहरू भेला हुनुभएको हो । वर्तमान मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाएर प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिरहनुभएको छ । जसमा एमाले, माओवादी, रास्वपा र जसपाबाट एक एक जना मन्त्री पठाउने तयारी भइरहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !