१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित

प्रकाशित मिति :  २१ फाल्गुन २०८०, सोमबार ०३:०३


काठमाडाैं । आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बाेलाइएकाे बैठक स्थगित भएकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सचिवालयले जनाएकाे छ । पछिल्लाे समय गठबन्धनभित्र खटपट भएका समाचारहरू सार्वजनिक भइरहेका बेला बाेलाइएकाे बैठक नै स्थगित भएकाे हाे ।

टीआरसी लगायत विषयमा बैठकमा छलफल हुने बताइएकाे थियाे ।

नेपाली कांग्रेसको महासमितिको बैठकपछि सत्ता गठबन्धनमा थप चिसोपना आएको छ । महासमितिपछि माओवादी कांग्रेससँग रुष्ट छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !