१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना पूनः सक्रिय राजनीतिमा आउने

प्रकाशित मिति :  २० फाल्गुन २०८०, आईतवार १५:१९


काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना राष्ट्रिय सभा अध्यक्षको ६ वर्षे कार्यकाल पुरा गरेसँगै पूनः सक्रिय राजनीतिमा आउने भएका छन् ।

२०२९ साल फाल्गुण २१ गते सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकहरुबाट हत्या गरिएका शहीदहरुको स्मृतिमा नेकपा एमाले जिल्ला कमिटी पर्वतले आयोजना गरेको शहीद स्मृति सभामा सहभागी भएर आफू पार्टी काममा जोडिएको सन्देश दिन उनी भोली पर्वत आउँदैछन् ।

नेकपा एमाले केन्द्रिय कमिटीको पोलिटब्यूरो सदस्य रहेकै बेला २०७४ सालमा राष्ट्रिय सभा अध्यक्ष भएका गणेश प्रसाद तिमिल्सिना छ वर्ष पार्टी कामबाट टाढै रहेर कुशलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गरी आजै राष्ट्रिय सभाबाट बिदा हुँदैछन् । राष्ट्रिय सभा अध्यक्ष हुँदा खासै ठूलो विवादमा नपरी आफ्नो कार्यकाल पुरा गरेका तिमिल्सिना साविकको धौलागिरी अञ्चलको कम्युनिष्ट आन्दोलनका अग्रणी नेता समेत हुन् ।

नेकपा एमाले जिल्ला कमिटी पर्वतले फाल्गुण २१ गते सुखानी हत्याकाण्डमा मारिएका शहीदहरुको सम्झानामा पार्टी कार्यालयमा आयोजना गरिएको स्मृति सभामा पार्टीका नेता गणेश प्रसाद तिमिल्सिनाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले जिल्ला कमिटी पर्वतका अध्यक्ष राजु प्रसाद पौडेलले बताए छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !