१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बनेका विमानस्थल सञ्चालन गर्न नसके पर्यटक वृद्धि गर्न सकिदैन – केपी ओली

प्रकाशित मिति :  २० फाल्गुन २०८०, आईतवार १५:०१


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकाे गठबन्धन सरकारले बनेका विमानस्थल पनि चलाउन नसकेकाे बताउनुभएकाे छ ।

सरकारले सदनमा पेस गरेकाे आगामी आर्थिक वर्षकाे बजेटका सिद्धान्त र प्राथमिकताबारे आइतबार विज्ञहरुसँग भएकाे छलफलमा अध्यक्ष ओलीले बनेका विमानस्थल सञ्चालन गर्न नसके पर्यटक वृद्धि गर्न नसकिने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘बनेका एयरपाेर्ट पनि चलाउन नसक्ने सरकारले के गर्ला ? टुरिस्ट पैदल हिँडेर आउँछ ? अमेरिका, जापानबाट पैदल आउँ ? यहाँ (त्रिवि विमानस्थल) न प्लेन बस्ने ठाउँ छ, न उड्ने ठाउँ पर्याप्त छ, पार्किङ वे नहुने, हाम्रा प्लेनले कति बाेक्न सक्छन् ? कति प्लेन छन् ? हाम्रै युवा दैनिक ३-४ हजार जान्छन् काम सकेर आउँछन् तिनैले अगुपाइड छन् प्लेनहरु, त्यहाँ टुरिस्टले ठाउँ पाउने ठाउँ छैन, ५० लाख मानिस पुर्‍याऔंछाैं भनेर आफैं उड्न सक्छन् ती टुरिस्ट ? कि साइकलमा आउँछन् ?’

अध्यक्ष ओलीले बनेका विमानस्थल सञ्चालन नभए १२-१५ लाख बाहेक पर्यटक बढ्ने सम्भावना नरहेकाे बताउनुभयाे । उहाँले कास्कीकाे पाेखरा र रुपन्देहीकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) तत्काल सञ्चालन गर्नुपर्ने बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘लुम्बिनी एयरपाेर्ट, पाेखरा एयरिपाेर्ट तत्काल सञ्चालन गर्नुपर्छ ।’

प्राथमिकता केमा दिने भन्ने स्पष्ट नीति नै अहिलेकाे सरकारसँग नभएकाे उहाँले बताउनुभयाे । हाम्रा नदीहरुकाे संरक्षण गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले आफ्नाे विद्युत पहिला देशमा प्रयाेग गरेर धेरै भए मात्र निर्यात गर्नुपर्ने बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !