१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री प्रचण्डद्वारा ओली र देउवालाई छुट्टाछुट्टै भेट

प्रकाशित मिति :  २० फाल्गुन २०८०, आईतवार ०८:३९


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै छलफल गर्नुभएकाे छ ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुर्‍याउनका लागि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग आज छुट्टाछुट्टै छलफल गर्नुभएकाे हाे ।

दुवै नेतासँगकाे छलफल सकारात्मक रहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । प्रधानमन्त्री प्रचण्डले आज नै रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गर्नुभएकाे थियाे ।

एमालेले पीडितलाई केन्द्रमा राखेर मात्र टीआरसी विधेयक पारित गर्नुपर्ने र गम्भीर मानव अधिकार उल्लंघनमा संलग्नलाई माफी दिन नमिल्ने स्पष्ट अडान लिँदै आएकाे छ ।

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक हाल प्रतिनिधि सभाकाे कानुन, न्याय तथमा मानव अधिकार समितिमा विचाराधीन छ । साे विधेयक अघि बढाउन समितिकाे बैठक अहिले बसिरहेकाे छ ।

साे विधेयक यसै अधिवेशनबाट पारित गर्ने तयारी छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !