३० बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जित्यो ।

प्रकाशित मिति :  १९ फाल्गुन २०८०, शनिबार १५:२५


काठमाडाैं । दाेस्राे संस्करणकाे केपी ओली कप फुटबलको उपाधि मछिन्द्र क्लबले जितेकाे छ ।

शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा न्युरोड टिम (एनआरटी) लाई पेनाल्टी सुटआउटमा ५-४ हराउँदै मछिन्द्रले उपाधि जितेकाे हाे । याेसँगै मछिन्द्रले लगातार दाेस्राे पटक उपाधि जित्न सफल भएकाे छ ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएकाे समयमा पनि दुवै टाेलीबाट गाेल नभएपछि खेलकाे निर्णय पेनाल्टी सुटआउटबाट लिइएकाे हाे ।

उपाधिसँगै मछिन्द्रले ११ लाख पाएकाे छ भने एनआरटीले ५ लाख रुपैयाँमा चित्त बुझाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !