१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपालको अर्थतन्त्र सरकारले ध्यान नदिएर कमजोर भएको हो– केपी ओली

प्रकाशित मिति :  १८ फाल्गुन २०८०, शुक्रबार ०७:४६


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अर्थतन्त्र कोभिडले गर्दा होईन, सरकारको ध्यान नभएर कमजोर भएको हो भनेर बताउनु भएको छ ।

आज नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।

त्यस्तै अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग आफ्नो भेट भईरहने हुँदा समस्या भए सुनाउन आग्रह पनि गर्नुभएको छ ।
उहाँले पुस्तक व्यवसायमा देखिएका समस्याहरु ‘मलाई भन्दा पनि हुने’ भन्दै प्रधानमन्त्री आफूले भनेको मान्ने गरेको बताउनु भयो ।

उनले भने, ‘तपाईंहरुले सरकारलाई भन्नु पर्ने कुरा मलाई भन्दा पनि हुन्छ किनभने प्रधानमन्त्रीसँग मेरो भेट भईरहन्छ । मैले भनेको प्रधानमन्त्रीज्यूले खानु पनि हुन्छ खानु पनि पर्छ ।’

अध्यक्ष ओलीले नेपालको अर्थतन्त्र कोभिडले गर्दा होईन, सरकारको ध्यान नभएर कमजोर भएको पनि बताउनुभयो । उनले भने, ‘देशको अर्थतन्त्र कोभिडपछिको अवस्था कोभिडभन्दा पनि महाकोभिड जुन छ त्यो भ्याक्सिनले हट्नेवाला छैन ।

कोभिडले अर्थतन्त्र ओरालो लाग्या होईन । कोभिडबाट सबै देशहरु बाहिर निस्किसकेका छन्, हामी भने पोहोर कोभिड भएको हुनाले टाउको दुखेको भनेर बस्छौं । अहिले अर्थतन्त्र कमजोर हुनुपर्ने अवस्था छैन तर ध्यान त्यता तर्फ जानुपर्यो ।’
ओलीले भन्नुभयो, ‘म आफ्नो तर्फबाट तपाईहरुको समस्या समाधान गर्न तपाईंहरुको साथमा छु भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । सरकारमा हुदाँ होस् या नहुदाँ होस्, नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न सक्ने अवस्था छैन ।

यहाँ त संसदमा पनि नभएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँड्छ ।

संविधानमा त्यस्तो कुनै व्यवस्था छैन । के सपना देख्छ को मान्छेले भनेर भन्न सकिदैँन । राष्ट्रिय मान्यता प्राप्त नभएका दलबाट प्रधानमन्त्री हुन्छ भने आफू किन नहुने भन्ने हो कि, त्यस्तै लाग्छ तर एमाले त्यस्ताभित्र पर्ने होईन । एउटा इतिहास बोकेको देश बनाउने भिजन बोकेको र त्यो कार्यान्वयन गर्ने सामथ्र्य देखाएको संस्था हो ।’ भनेर बताउनु भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !