२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेप्सेमा २८.६८ अंकको गिरावट

प्रकाशित मिति :  १७ फाल्गुन २०८०, बिहीबार ११:३३


काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा बिहीबार उच्च अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा कायम भएको हो ।

आज नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम बुधबारको तुलनामा बढेको छ ।

आज तीन सय नौ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँमा किनबेच भए ।

आज सेन्सेटिभ इण्डेक्स १.३४ प्रतिशतले घटेको छ । दोहोरो अंकले घटेको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो ।

आज १३ वटै उपसमूहका सूचक नकारात्मक देखिएका छन् । फाइनान्स उपसमूहको सूचक सर्वाधिक ३.२१ प्रतिशतले घट्यो ।

आज कारोबार भएका कम्पनीमध्ये १७ वटाको मूल्य बढ्दा दुई सय २० वटाको सेयर घटेको छ । ११ वटा कम्पनीको सेयरमा कुनै परिवर्तन भएन् ।



प्रतिक्रिया दिनुहोस !