२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

लगानी सम्मेलनलाई मध्यनजर गरी अब कानुन संशोधन हुन्छ – प्रधानमन्त्री

प्रकाशित मिति :  १७ फाल्गुन २०८०, बिहीबार ११:२५


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी वैशाखमा हुन गइरहेको लगानी सम्मेलनलाई मध्यनजर गरी कानूनहरुमा संशोधन गर्ने कार्य अघि बढाएको बताउनु भएको छ ।

बिहीवार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले पूर्वाधारसंवद्ध आयोजना कार्यान्वयनमा देखिएका समस्या हल गर्ने र वन तथा जग्गा प्राप्तिसँग संवद्ध समस्यालाई हल गर्ने गरी कानून परिमार्जनलाई प्राथमिकतामा राखिएको बताउनु भयो । उहाँले सरकारले सामान्य नतिजामा सन्तोष गर्ने सुविधा नरहेको पनि जिकिर गर्नुभयो ।

प्रधानमन्त्री दाहालले वृहत दृष्टिकोण, योजना, उत्कृष्ट कार्यशैलीका साथ सकारात्मक प्रभाव पार्ने र नतिजा हासिल गर्नेगरी दृढताका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । उहाँले मन्त्रालयको नेतृत्व गर्ने सबै मन्त्रीहरु र सचिवहरुले आफ्नो कामको जिम्मेवारीबोध गर्नुपर्ने भनेर बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !