३० बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

साफ यू–१६ महिला च्याम्पियनसिप भोलिदेखि : घरेलु मैदानमा नेपाललाई अवसर

प्रकाशित मिति :  १७ फाल्गुन २०८०, बिहीबार १०:००


काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना हुने साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पुरा भएको छ ।

फागुन १८ देखि २७ सम्म हुने खेल प्रतियोगिता एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय यु–१६ महिला टोलीका प्रशिक्षक चक्र तामाङले खेलको तयारि स्वरुप खेलाडीहरुले एक महिनादेखि तयारी गरेकोले आफ्नो पक्षमा नतिजा आउने दाबी गरे ।

गत वर्ष भएको साफ–१५ को उपाधी नेपाली टोलीले जितेको टोलीकी सदस्य अहिलेको कप्तान रहेको भन्दै तामाङले नेपाली टोली पहिलेको भन्दा बलियो भएको दाबी गरे ।

उनले भने, ‘अहिलेको प्लेयर अहिले अलि स्ट्रङ देखेको छुँ, पैलेको प्रतिस्पर्धाहरुभन्दा अहिले प्रशिक्षण गर्ने मौका अलि बेसि नै पायौं । अर्को फाइदा बे भने होम ग्राउण्ड पनि अहिले पाएका छौं । त्यसले गर्दा अहिले अलि सजिलो भएको छ । सातदोबाटोमा अरु भन्दा नेपालले धेरै नै जितेको छ । यसले अलि सजिलो भएको छ । र कन्फिडेन्स लेभल बढेको छ ।’

नेपालको निनियर टोलीले विभिनन प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरिरहेको भन्दै तामाङले उक्त प्रदर्शनले जुसनयर टोली उत्साहित र खुसि भएको बताए ।

शुक्रबार बाट हुने प्रतियोगितामा नेपालसहित भुटान, बंगलादेश र भारत सहभागी हुँदैछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा शुक्रकबारा भारत र भुटानबीच हुनेछ ।
घरेलु टोली नेपालले पहिलो खेल १९ फागुनमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगितामा सहभागी ४ टिमले राउण्ड रोबिन लिग खेलेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।



प्रतिक्रिया दिनुहोस !