१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

८४ मा हुने चुनावमा बहुमत प्राप्त दल बन्ने लक्ष्यसाथ एमाले अघि बढेको छ-केपी ओली

प्रकाशित मिति :  १६ फाल्गुन २०८०, बुधबार ०७:२३


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फेरबदलको खेलमा एमाले नरहेकाे प्रष्ट पार्नुभएकाे छ ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले एमाले सरकार फेरबदल र गठबन्धनकाे खेलमा नरहेकाे बताउनुभयाे ।आफूहरुकाे ध्यान मिसन ८४ मा केन्द्रित रहेकाे भन्दै उहाँले ०८४ मा हुने चुनावमा देशको सबैभन्दा ठूलो बहुमत प्राप्त दल बन्ने लक्ष्यसाथ एमाले अघि बढेको बताउनुभयाे ।

अध्यक्ष ओलीले राष्ट्रियतालाई बलियाे बनाउन, सुशासन र विकास कायम गर्न, जनताकाे निराशा चिर्न एमालेलाई निर्णायक शक्तिकाे रुपमा विकास गरिने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘सरकार बदल्ने यस्ताे उस्ताे, गठबन्धनकाे खेलमा हामी छैनाैं, हामी मिसन ८४ मा केन्द्रित छाैं, मिसन ८४ भनेकाे राष्ट्रिय शक्तिलाई निर्णायक शक्तिकाे रुपमा विकास गर्नुछ, राष्ट्रियता कमजाेर भयाे, सुशासन र विकास कमजाेर भयाे, त्यसलाई सुद‍ृढ गर्नुछ, जनतामा निराशा छायाे, आशाबादी बनाउनुछ ।’

अहिलेकाे गठबन्धन खरानीकाे डल्लाे भएकाे समेत अध्यक्ष ओलीले बताउनुभयाे । वर्तमान गठबन्धन सरकार सरकार टिकाउने काममा मात्र लागेको उहाँले बताउनुभयाे ।

कांग्रेसमा अहिले कुनै प्रकारकाे साेच र चिन्तन नरहेकाे भन्दै अध्यक्ष ओलीले कांग्रेस पहिलेकाे कांग्रेस जस्ताे नभएकाे र केबल सत्ता प्राप्तिमा रमाइरहेकाे बताउनुभयाे । उहाँले कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको बताउनुभयाे ।

एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको तर पीडितमैत्री हुनुपर्नेमा स्पष्ट रहेकाे उहाँले बताउनुभयाे ।

अध्यक्ष ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्ने बताउनुभयाे । सरकारले बनाएकै समितिले दाेषी ठहर गरेपछि मन्त्रीले राजीनामा दिनुपर्ने पनि उहाँले बताउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !