१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जङ्गी अड्डा माथि अमेरिकाको नपत्याउदो राजनीति

प्रकाशित मिति :  १६ फाल्गुन २०८०, बुधबार ०७:१०


काठमाडौं । शान्ति सेनाको नाममा सैन्य अभ्यास गराएर अमेरिका जङ्गी अड्डा भित्र छिर्न खोजेको पाइएको छ ।

यसकै लागि अहिले सैन्य अभ्यासकाे नाम दिएर अमेरिकाले गतिविधि वढाइरहेकाे पाइएकाे हाे ।

चीन सँगको अमेरिकाको बढ्दो टकरावमा विजयी हुनको लागि अमेरिकालाई नेपालको साथ अपरिहार्य हुन्छ ।

नेपालकै साथ सहयोग पाइन्छकी भनेर अमेरिकाले नेपालको सेना माथि शान्ति सेनाको नाममा विभिन्न सैन्य अभ्यास गराएर ललाई फकाई गराएको हो भन्ने एक थरी मानिसको आंकलन रहेको छ ।

अहिले अमेरिकाको ग्लोवल पिस अपरेसन इनिसेटिभ को सहयोगमा काभ्रेको पाँच खालमाल दुई हप्ते सैन्य अभ्यास सुरु भइरहेको छ ।

यस बेला अमेरिकाले नपत्याउदो तरीकाले अमेरिकाकै आइ पि एस् कमाण्डर एडमिरल र अमेरिकाकै विदेश उपमन्त्रीको नेपाल भ्रमण गराएर नेपाललाई पानि शान्ति र असंलग्नताको विरुद्ध सैन्य गठबन्धनमा तान्न  खोजेको  हाे भन्ने  एक थरी मानिसकाे तर्क छ ।

पहिला देखिनै संयुक्त सैन्य तालिमको वहानामा अमेरिका नेपालको सेना भित्र छिर्न खोजेको अहिले वाहिरिएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !