१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एनपीसीको र सीपीपीसीसीको अधिवेशन नजिकिदै गर्दा विश्वको ध्यान चीन तिर, पत्रकार ३००० भन्दा धेरै हुने

प्रकाशित मिति :  १६ फाल्गुन २०८०, बुधबार ०६:१०


काठमाडौं । चीनले तयार गर्ने वार्षिक राजनीतिक, कूटनीतिक एवं विकास एजेण्डाले विश्वलाई प्रभावित पार्ने भएकाले अहिले चीनमा अधिवेशन नजिकिदै गर्दा विश्वको नजर चीन तिर परेको छ ।

यसै क्रममा अधिवेशनको लागि भनेर नम दर्ता गरायका पत्रकारको संख्या ३००० भन्दा धेरै रहेको छ ।

आगामी मार्च पहिलो साताबाट चीनका दुई ठूला अधिवेशन अर्थात् चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस (एनपीसी) र चीनको जनराजनैतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) आयोजना हुँदैछन् ।

यसका लागि बेइजिङस्थित मिडिया सेन्टरमा राखिएको दुई अधिवेशनको प्रेस केन्द्र मंगलबारदेखि औपचारिक रुपमा संचालनमा आएको हो ।

अहिले विश्व शक्ति राष्ट चीनको हरेक गतिविधिमा विश्वको आखा परिरहेको हुन्छ । त्यसै कारण पनि अहिर्ले ठूलो संख्यामा विदेशी पत्रकारका आँखा बेइजिङतिर सोझिएको हो ।
अघिल्ला वर्षहरूमा महामारीका कारणले गर्दा यस सम्मेलनमा आउने पत्रकारको संख्या निकै कम थियो ।
चीनले पत्रकारको लागि भनेर खुलापन र पारदर्शिताको निती अबलम्वन गरेको छ ।

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !