१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीन अमेरिका टकरावकाबिच अमेरिकी उपसहायक विदेशमन्त्री नेपालमा

प्रकाशित मिति :  १५ फाल्गुन २०८०, मंगलवार ०४:१८


काठमाडौं । अमेरिकाका उपसहायक विदेशमन्त्री अफरिन अख्तर नेपाल आउनु भएको छ ।

यहाँको गतिविधि मसिनो सग बुझ्न उहाँ नेपाल आउनु भएको भनि बुझिएको छ ।

अहिले चीन र अमेरिकाको मनमोटाव भइरहेको छ । यस्तो बेलमा उहाँ आउनु कतै रहस्यमयी रहेको आंकलन गरिएको छ ।

अफरिन अख्तर नेपाल, श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने संयुक्त राज्य अमेरिकाका उपसहायक विदेशमन्त्री हुनुहुन्छ ।

भ्रमणका क्रममा उपसहायक विदेशमन्त्री अख्तरको नेपाली उच्च सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट हुने भएको छ ।

सो अवसरमा मन्त्री अख्तरले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धले कसरी नेपालमा शिक्षा र स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास तथा नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।

यसै क्रममा मन्त्री अख्तरले नेपालमा चीनीय गतिविधि कम गर्ने सुझाब दिन पनि सक्नेछिन् ।
किनभने अहिले अमेरिका र चीनको सम्बन्ध राम्रो छैन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !