१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लघुवित्त पीडितका माग तत्काल सम्बाेधन गरियाेस् : सरस्वती सुब्बा

प्रकाशित मिति :  १३ फाल्गुन २०८०, आईतवार १३:३७


काठमाडाैं । प्रमुख प्रतिपक्ष नेकपा एमालेकी सांसद् सरस्वती सुब्बाले लघुवित्त पीडितहरुका माग तत्काल सम्बाेधन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।

आइतबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् सुब्बाले वार्ता र संवाद्काे माध्यमबाट उनीहरुका माग तत्काल सम्बाेधन गर्न सरकारसँग माग गर्नुभयाे ।

सरकारले न्याय नदिएपछि पीडितहरु काठमाडाैं आएर आन्दाेलन गर्न वाध्य भएका तर सरकारसँग पीडितलाई न्याय दिने सरकारकाे कुनै याेजना नदेखिनु दु:खद भएकाे उहाँले बताउनुभयाे ।

लघुवित्त पीडित वृद्धवृद्धा र महिलाहरु पाँच पटक काठमाडौं आउँदा समेत सरकार मौन बस्नु गलत भएकाे सांसद् सुब्बाले बताउनुभयाे । ‘देशभरका लघुवित्त पीडितहरु एकीकृत भएर न्याय खोज्न काठमाडौं आएको पाँच पटक भइसक्याे तर पनि पीडितहरुलाई न्याय दिने सरकारको कुनै योजना देखिदैन, लघुवित्त पीडितहरुको समस्या समाधान गर्न सरकारले वार्ता टोली बनाउने भनेकाले आन्दोलन फिर्ता भएकाे थियाे, तर महिनौ बितिसक्दा पनि वार्ता टोलीले निकास नदिएपछि २३ दिन पैदल हिँडेर पीडितहरु काठमाडौं आएर आन्दोलित भएका छन्’- उहाँले भन्नुभयाे ।

बृद्ध, वृद्धा, ज्येष्ठ र महिलाहरु भाेक प्यास नभनेर सरकारलाई गुहार्न काठमाडाैं आएपनि सरकार गम्भीर नभएकाे सांसद् सुब्बाले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘सरकारले उनीहरुलाई चिन्दैन, समस्या समाधान गर्न गम्भीर बनेकाे छैन, त्यसर्थ वार्ता र संवाद्काे माध्यमबाट उनीहरुकाे समस्या समाधान गर्न सरकारकाे ध्यानाकर्षण गराउँछु ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !