१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी स्थायी कमिटी बैठकमा अध्यक्षले नेताहरूले उठाएको प्रश्नको जवाफ दिने

प्रकाशित मिति :  ११ फाल्गुन २०८०, शुक्रबार ०४:५१


काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

बिहीबारबाट जारी बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

आजको बैठकमा भूकम्पपछिको पुनर्निर्माण तथा मधेस प्रदेश सरकारलाई विश्वासको मत दिनेबारे पनि छलफल हुने छ । साथै माओवादी विशेष रूपान्तरण अभियानमा उत्कृष्ट काम गर्ने नेताहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

माओवादीले अभियानमा राम्रो,नराम्रो दुवै काम गर्नेको नाम आजै सार्वजनिक गर्दै छ । अभियानमा सबैभन्दा बढी खट्ने, राम्रै खट्ने, खट्ने तर काम नगर्ने, नखट्ने गरी चार वर्गमा छुट्याएकाे छ ।

बिहीबारको बैठकमा माओवादी विशेष रूपान्तरण अभियानको वर्गीकरण र मूल्याङ्कन, नयाँ अभियानको तयारी, सङ्गठनात्मक कार्य विभाजन, सुदूरपश्चिम प्रदेशमा दल नेता फेरबदल लगायतका विषयमा छलफल भएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !