१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

समृद्धिका लागि राजनीतिक दलबीच सहमति जरुरी : सभामुख घिमिरे

प्रकाशित मिति :  ३ फाल्गुन २०८०, बिहीबार १०:१५


मोरङ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले मुलुकको समृद्धिका लागि सबै राजनीतिक शक्तिहरू सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले राष्ट्र निर्माण गर्ने साझा सवालमा राजनीतिक दलहरु योजना निर्माण र कार्यान्वयनका लागि सहमतिका आधारमा अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

सभामुख मिमिरेले वर्तमान व्यवस्थाप्रति वितृष्णा जगाउने प्रयासविरुद्ध राजनीतिक दल एवं सम्पूर्ण नागरिकले एकताबद्ध हुनुपर्ने समेत आवश्यकता औँल्याउनुभयो ।

उहाँले संसदको चालु अधिवेशन उपलब्धिपूर्ण हुनेमा विश्वास व्यक्त गर्नुभयो । “सरकारले संसदको चालु अधिवेशनमा ६१ वटा विधेयक दिने तयारी गरेको जानकारी आएको छ । त्यसैले संसदलाई बिजनेसको खाँचो हुने छैन ।”
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !