१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनेरास्ववियु आरआरले ‘बृहत्त अखिल रचनात्मक अखिल सप्ताह-२०८०’ आयाेजना गर्ने

प्रकाशित मिति :  २ फाल्गुन २०८०, बुधबार १५:०२


काठमाडाैं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काे रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस कमिटीले ‘बृहत्त अखिल रचनात्मक अखिल सप्ताह-२०८०’ आयाेजना गर्ने भएकाे छ ।

अखिल आरआर क्याम्पस कमिटीले सप्ताह कार्यक्रम सँगै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम पनि गर्ने भएकाे छ । आउँदाे फागुन १४ देखि २१ गतेसम्म चल्ने रचनात्मक अखिल सप्ताहमा विभिन्न १२ प्रतियाेगितामा प्रतिस्पर्धा गराइदै छ ।

जसमा महिला/पुरुष भलिवल प्रतियाेगिता, महिला/पुरुष ब्याटमिन्टन प्रतियाेगिता, फूटसल, हाजिरी जवाफ, बक्तृत्वकला, कथा लेखन, निबन्ध लेखन, कविता लेखन, गजल वाचन, चेस, क्यारमबाेर्ड र कबड्डी जस्ता १२ प्रतियाेगितामा प्रतिस्पर्धा गराइने कमिटीले जानकारी दिएकाे छ ।

केही कार्यक्रमहरु क्याम्पस प्राङ्गण र केही बाहिर हुने अनेरास्ववियु आरआर क्याम्पस कमिटीका अध्यक्ष लाेकेश कुमार खड्काले जानकारी दिनुभयाे ।

अनेरास्ववियु सधैं विद्यार्थीकाे माझमा रहनुपर्ने बताउँदै खड्काले विशेष नवआगन्तुक विद्यार्थी र क्याम्पसमा घट्दाे विद्यार्थीदरलाई मध्यनजर गर्दै कार्यक्रमकाे आयाेजना गरिएकाे बताउनुभयाे ।

‘क्याम्पसमा विद्यार्थीकाे घट्दाे अवस्था र युवा-विद्यार्थीकाे बढ्दाे विदेश पलायनलाई विशेष रुपमा मध्येनजर गर्दै विद्यार्थी माझ अनेरास्ववियुलाई अझ शसक्त ढंगले प्रस्तुत गर्ने हेतुले कार्यक्रमकाे आयाेजना गरेका छाैं’ उहाँले भन्नुभयाे- ‘नेपालकाे शिक्षा प्रणाली र विद्यार्थी संगठन प्रति विद्यार्थीमा उत्पन्न भएकाे वितृष्णालाई यस्ता कार्यक्रमले कम गर्ने र विद्यालयमा विद्यार्थीकाे आकर्षण बढाउन यसले सघाउ पुर्‍याउने अपेक्षा गरेका छाैं ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !