१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अखिलकाे तीनै आयोगहरुको संयुक्त एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  २ फाल्गुन २०८०, बुधबार ०२:४१


काठमाडाैं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रिय तीनै आयोगहरुको संयुक्त आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालकाे प्रमुख आथित्यमा मंगलबार भएकाे प्रशिक्षण कार्यक्रमा नेकपा(एमाले)का केन्द्रिय सदस्य एंव अनेरास्ववियुका इन्चार्ज क.किशोर बिक्रम मल्ल बिशिस्ट अतिथि रहनुभएको थियो भने अनेरास्ववियु केन्द्रिय लेखा आयोगका अध्यक्ष सुनिल तिमिल्सेनाले अध्यक्षता गर्नुभएको थियो ।

उक्त प्रशिक्षणमा नेकपा (एमाले ) केन्द्रिय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, नेकपा (एमाले) केन्द्रिय लेखा आयोगका सदस्य जनक बराल,नेकपा (एमाले) केन्द्रिय निर्वाचन आयोगका सदस्य वरिष्ठ अधिवक्ता महेश कुमार नेपाल, अनेरास्ववियुका कोषाध्यक्ष संगम अर्याल, अनेरास्ववियुका स्थायी कमिटी सदस्य एंव प्रशिक्षण बिभाग प्रमुख आशिष तुम्भाहाम्फेले प्रशिक्षण दिनुभएकाे थियाे ।

अनेरास्ववियु केन्द्रिय उपाध्यक्षहरु धर्म गिरि,गोबिन्द गिरि साथै अनेरास्ववियुका महासचिव नरेश राेकायाले आफ्ना भनाइ प्रस्तुत गर्नुभएकाे थियाे ।

उक्त प्रशिक्षणमा अनेरास्ववियुका केन्द्रिय उपाध्यक्षहरु,महासचिव, सचिवहरु,स्थायी कमिटी सदस्यहरु, आयोगका सचीवहरु, प्रदेश कमिटीका अध्यक्षहरु साथै केन्द्रिय सदस्य,आयोगका सदस्यहरु,बिश्वबिद्धालय रास्ट्रिय कमिटीका अध्यक्षहरु साथै अन्य केही मातहत कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष सत्य शाहिले कार्यक्रमको उदेश्य प्रकास सहित स्वागत मनतब्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा अनेरास्ववियु केन्द्रिय लेखा आयोग सचिव अञ्जली लम्साल र निर्वाचन आयोग सचीव मिलन घिमिरेले आयोगका सम्बन्धमा भनाइ राख्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन अनेरास्ववियु केन्द्रिय अनुशासन आयोगका अध्यक्ष शोभा सापकोटाले गर्नुभएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !