१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हल्लै हल्लामा थला पर्दै एन आइसी एसिया बैंक

प्रकाशित मिति :  ३ फाल्गुन २०८०, बिहीबार ११:५०


काठमाडाैं । देशकै नंवर वान बैंकको दौडमा रहेको एन आइसी एसिया बैंक हल्लै हल्लामा थला पर्ने भएको छ ।

व्याजदरमा धेरै नै चलखेल गरेको, बैंकका कर्मचारीलाई अत्ति नै दवावमा राखेको, श्रम शाेषण गरेको , सेवाग्राहीलाई अत्ति नै टचर दिदै आएको भनेर कहलिएको एन आइसी एसिया बैंकले सबै कुरालाई चिर्दै राम्रो नतिजा ल्याउदै आएको भए पनि अहिले फेरि विवादमा तानिएर थला पर्ने स्थितिमा पुगेको छ ।

बैंकको गतिविधि के हो भन्ने कुरा छानविन भएपछि अवश्यनै थाहाँ हुन्छ । तर छानविन अगावै यस्तो हल्ला ले बैंक थला पर्ने आंकलन जनमानसमा पर्न थालेको छ ।

हल्लै हल्लामा बैंकको शाख गिर्दै जनमानसमा बैंकलाई गरेको विश्वास टुट्दै जाँदा अवश्य पनि बैंक थला पर्ने स्थितिमा पुग्छ नै ।

बैंकका प्रख्यात त्यागी डिपुटी सिईओ सुधिर पाण्डेको राजिनामाले त झन् बैंकको शाख नै गिरेको एक थरि मानिसको तर्क थियो ।

झन् झण्डै दुई करोड नक्कली नेपाली रुपैयाँमा बैंको ट्याँग र छाप भेटिनुले बैंक माथि गम्भिर प्रश्न चिन्ह उठेको छ ।

त्यो विषय पनि के हो भन्ने कुरा अनुसन्धान पछि थाहाँ नै होला । त्यस्तै बैंकलाई कर्जा जोखिम भारमा समेत तोडमोड गरेको आरोप लागेको थियो ।

तर त्यसको खण्डन गर्दै बैंकले विज्ञप्ती नै जारी गरेको थियो । पहिला देखि नै अरु बैंक भन्दा वढी नै विवादमा तानिएको एन आईसी एसिया बैंक यस पटक भने बैंकले नराम्रो सँग हण्डर खाएको छ ।

यसरी बैंकको शाख गिरे सँगै युवा सिइओ रोसन कुमार न्यौपाने पनि असफल सिइओको रुपमा आम जनमानिसमा कहलिन थाल्नुभएको छ ।

यस्तै प्रकरणका कारण सेयर बजारमा पनि बैंको शेयरमा नकारात्मक असर परेको छ । बैंकको शेयर पनि लगातार घटिरहेको अवस्था छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !