१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

किसानको आन्दोलनलाई लिएर भारतमा सुरक्षा व्यवस्था कडा

प्रकाशित मिति :  १ फाल्गुन २०८०, मंगलवार ११:१८


नयाँदिल्ली । दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ।

दिल्ली वरपरको अन्तर-राज्य सीमानाहरूमा भारी सुरक्षा तैनाथी गरिएको छ सयौं किसानहरू यी प्रवेश र निकास बिन्दुहरूमा चिसो जाडोको सामना गर्दै सडकहरूमा धर्नामा बसिरहेका देखिन्छन् ।

किसानले आफ्नो बालीको न्यूनतम समर्थन मूल्य बृद्धि, किसान र कृषि मजदुरलाई पेन्सन, कृषि ऋण माफी, विगतका आन्दोलनमा लागेका प्रहरी मुद्दा फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् ।

उनीहरुले विभिन्न राज्यका करिब २०० किसान संघले मङ्गलबार दिल्लीमा आयोजना गरिने विरोध प्रदर्शनमा भाग लिने बताएका छन् ।

यसैबीच किसान युनियन र संघीय मन्त्रीहरूको समूहबीच समस्या समाधानका लागि वार्ता शुरु भएको बताइएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !