२७ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एक करोड ८२ लाख ५१ हजार नक्कली रुपैयाँ सहित एक भारतिय पक्राउ

प्रकाशित मिति :  २९ माघ २०८०, सोमबार १२:०४


सुनसरी । ईनरुवा नगरपालिकाबाट ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिहार राज्य बिरपपुर-५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफी रहेका छन् ।
उनलाई माघ २८ गते विआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडी चेकजाँच गर्ने क्रममा प्रहरीले प्रक्राउ गरेको हो ।

उनले गाडीको विभिन्न भागमा एक करोड ८२ लाख ५१ हजार रुपैयाँ लुकाईछिपाई राखेका थिए ।
साफी माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !