१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बालुवाटार जग्गा काण्डमा माओवादी नेता गगन पुरी दोषी ठहर

प्रकाशित मिति :  २९ माघ २०८०, सोमबार ०३:५२


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी (गगन )ले सरकारी जग्गा हडपेर आफ्नो नाममा ल्याएको पुष्टी भएको छ ।

तीन वर्ष देखि चलिरहेको मुद्धाको फैसला गर्दै विशेष अदालतले हिजो पुरी सहित परिवारका सदस्यलाई पनि दोषी ठहर गरेको हाे ।

गगन पुरी सम्पत्ति शुद्धीकरणमा दोषी ठहरिएका हुन् । हिजो विशेष अदालतले मुद्धाको किनारा लगाउदै उनलाई दोषी ठहर गरेको हो । माओवादी केन्द्र कोशी प्रदेश समितिका कोषाध्यक्ष पुरीलाई सजाय निर्धारणका लागि फागुन ६ गते मा पेसी तोकिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई दोषी ठहर गरेको हो । पुरीसँग सम्पती शुद्धिकरण विभागले १२ करोड १३ लख ६२ हजार माग दाबी गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

पुरी सँगै उनकी श्रीमती सीमाको नाममा चार करोड तीन लाख ३४ हजार आठ सय ९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएकोले दुवै जना सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर भएका हुन् ।

झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक(१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

विभागले पुरीसमेत ६ जनालाई प्रतिवादी बनाउँदै २१ माघ ०७७ मा मुद्दा दायर गरेको थियो । प्रकरणमा मनमाया पुरी र देवकुमारी पुरीले सफाइ पाएका छन् । कृष्णकुमारी पुरी र सं‌गीता पुरीको नामको जग्गा जफत नहुने फैसला भएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !