१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भिजिट भिसामा मानव तस्करी : अध्यागमन अधिकृतसहित चार जनालाई थुनामा पठाउन आदेश

प्रकाशित मिति :  २४ माघ २०८०, बुधबार ०७:४१


काठमाडाैं । सेटिङ मिलाई भिजिट भिसामा नेपालीलाई विदेश पठाई मानव तस्करीमा सघाएको आराेपमा काठमाडौं जिल्ला अदालतले अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले मंगलबार अध्यागमन अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । तामाङ र यादव ट्राभल सञ्चालक हुन् भने दाहाल बिचौलिया हुन् ।

साे काण्डमा अदालतले अन्य ६ जनासँग धरौटी मागेको छ । अदालतले गीता शाहसँग ५ लाख, पदम लामासँग १ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग समान ७-७ लाख र रविन अर्यालसँग १ लाख धरौटी माग गर्ने आदेश दिएको हाे ।

भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध यही माघ १८ गते मुद्दा दायर भएकाे थियाे । सरकारी कागजात कीर्ते गरी संगठित अपराध गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अधिकृत खड्कासहितलाई प्रहरीले मंसिर २८ गते पक्राउ गरेकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !