११ श्रावण २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अहिलेकाे सरकार नालायक र गतिहीन भएकाे छ – गाेकुल बाँस्काेटा

प्रकाशित मिति :  २४ माघ २०८०, बुधबार ०७:१२


काठमाडाैं । नेकपा एमालेका सांसद् गाेकुल प्रसाद बाँस्काेटाले अहिलेकाे सरकार नालायक र गतिहीन भएकाे बताउनुभएकाे छ ।

बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् बाँस्काेटाले सरकारले भत्किएको बाटो नदेखेको र किसानलाई दूधको बेचेको पैसा नदिएकोमा आपत्ति जनाउनुभयाे ।

प्रधानमन्त्री पाँचखाल जानुभयाे र आफ्नाे ड्राइभरलाई साेध्नुभयाे – याे बाटाे यस्ताे हाेला भनेर मैले साेचेकाे थिइनँ, धन्न हाम्राे देशकाे प्रधानमन्त्री ! अर्थमन्त्री नगरकाेट भएर मेराे नगरमा जानुभयाे जहाँ मैले पटकपटक कुरा उठाएँ, भाैतिकमन्त्री यहीँ हुनुहुन्छ उहाँलाई ४ पल्ट भनेँ, आज बाटाे बन्दैन किन ?- काभ्रेका किसानकाे दूध बेचेकाे पैसा कहिले पाउँछन् ? प्रधानमन्त्रीकाे भनाइ के छ रामराज्य आइसक्याे, यही हाे रामराज्य ? यो भन्दा नालायक, गतिहीन, जवाफदेहीताबिहीन सरकार इतिहासमा कहिल्यै थिएन, जसकाे न कान छ, न आँखा छ ।’

शून्य समयमा बाेलेका कुरा सम्बाेधन नभएकाे भन्दै सांसद् बाँस्काेटाले यी विषयमा जवाफ दिन माग गर्नुभयाे ।

यति नालायक र गतिहीन सरकार इतिहासमा कहिल्यै थिएन : गाेकुल बाँस्काेटा


0
Shares

प्रतिक्रिया दिनुहोस !