१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल-चीन व्यापार सम्बन्धलाई अझ व्यापक बनाउन नेपाल हिमालय सीमापार वाणिज्य संघकाे अध्यक्षमा लाेप्साङ शेर्पाकाे उम्मेदवारी

प्रकाशित मिति :  २३ माघ २०८०, मंगलवार १०:४४


काठमाडाैं । नेपाल हिमालय सीमापार वाणिज्य संघकाे अध्यक्षमा लाेप्साङ शेर्पाले उम्मेदवारी दिनुभएकाे छ ।

संघकाे २४औं वार्षिक साधारण सभा तथा १२औं अधिवेशनका लागि शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएकाे हाे । संघकाे साधारण सभा काठमाडाैंकाे बानेश्वस्थित एभरेष्ट हाेटल यही माघ २७ गते हुँदैछ ।

संघकाे गतिविधिलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन र नेपाल-चीन व्यापार सम्बन्धलाई अझ व्यापक बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिएकाे शेर्पाले सनराइज खबरलाई बताउनुभयाे । लामाे कार्यान्वनुभव भएका कारण यस पदका लागि सक्षम छु भनेरै उम्मेदवारी दिएकाे उहाँले बताउनुभयाे ।

आफूले ०६४ बाटै व्यवसायिक यात्रा थालेकाे शेर्पाले बताउनुभयाे।

उहाँले ०६४ मै तातोपानी नाकामा नेपालतर्फको चिनियाँ भाषा अनुवादककाे काम गर्नुभएकाे थियाे । चीनबाट सामानहरुकाे आयातकर्ताकाे रुपमा काम गरेकाे अनुभव पनि उहाँसँग छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघ चीनसँग व्यापार व्यावासाय गर्ने व्यापारीहरुको साझा संगठन हाे । यस संगठनमा शेर्पाले यसअघि सचिवका रुपमा काम गरिसक्नुभएकाे छ । उहाँले सचिव पदमा रहँदा संघकाे विदेश विभागका रुपमा पनि काम गर्नुभएकाे थियाे । शेर्पा हाल कार्यसमितिमा सल्लाहकार सदस्य हुनुहुन्छ ।

चीनबाट सामान आयात गर्ने संस्था नमस्ते लजिस्टिकका अध्यक्ष समेत हुनुहन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !