१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अहिलेको गठबन्धन देशको लागि अभिसाप भएको छ – केपी शर्मा ओली

प्रकाशित मिति :  २३ माघ २०८०, मंगलवार १०:३६


काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले देश र जनताको हितमा काम गर्न नसकेको बताउनु भएको छ ।

नेकपा एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सोमबार जलेश्वरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकाले देशको स्वाभिमानको रक्षा समेत गर्न नसकेको बताउनुभयो । ‘यो सरकारले जनता र देशको पक्षमा त केही गर्न सकेन, छिमेकी मित्रहरूसँग भेट्दा पनि आँखा जुधाएर कुरा गर्न सकेन’, ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले अहिलेको गठबन्धन देशको लागि अभिसाप भएको बताउनुभयो । ओलीले सत्तारुढ गठबन्धन मुलुकमा जति धेरे लम्बियो देशले त्यति नै दुःख पाउने भनाइ छ ।

ओलीले सरकारको गैरजिम्मेवारीले पराकाष्ठा नाघेको बताउनुभयो । तथापि नेकपा एमाले अहिले सरकार ढाल्ने र बनाउने खेलमा नरहेको उहाँले स्पष्ट पार्नुभयो । नेकपा एमालेको ध्यान सरकार ढाल्ने र बनाउनेमा खेलमा नभई मिसन २०८४ मा केन्द्रित रहेको ओलीले बताउनुभयो ।

एमालेले २०८४ मा बहुमत सहितको सरकार बनाउने ओलीले स्पष्ट पार्नुभयो । त्यसैले एमाले संगठन निर्माण र विस्तारमा केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो । ‘हामी बहुमत ल्याएर सरकार बनाउन चाहन्छौँ, बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौँ’, ओलीले भन्नुभयो ।

ओलीले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको बताउनुभयो । एमालेले सुरु गरेको विकास र समृद्धिको अभियान गठबन्धन सरकार बनेपछि अवरुद्ध भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !