१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राष्ट्रका साझा मुद्दामा राजनीतिक दलहरू एक ठाउँ उभिनुपर्छ- सभामुख देवराज घिमिरे

प्रकाशित मिति :  २२ माघ २०८०, सोमबार ११:४८


काठमाडाैं । सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा राजनीतिक दलहरू एक ठाउँ उभिनुपर्ने बताउनुभएकाे छ ।

साेमबारदेखि सुरु भएकाे हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधि सभा बैठकमा सम्बाेधन गर्दै सभामुख घिमिरेले राष्ट्रका साझा मुद्दाहरुमा संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकाे एकतालाई निरन्तरता दिनुपर्ने बताउनुभयाे ।

विगतका दुई अधिवेशनमा संसद् नियमावलीको निर्माण तथा विषयगत समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील र जीवन्त हुँदै गएको महशुस आफूले गरेकाे उहाँले बताउनुभयाे ।

ए‍ेन निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसकेपनि एक वर्षकाे बीचमा पर्याप्त गृहकार्य भएका सभामुख घिमिरेले बताउनुभयाे । उहाँले चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिलाई थप प्रभावकारी तथा व्यवस्थित बनाउन प्रण गर्न जरुरी रहेकाे बताउनुभयाे ।

संसद्‍मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन सामूहिक प्रतिबद्धता जरुरी रहेकाे सभामुख घिमिरेले बताउनुभयाे ।

संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास गर्न लागिएकाे उहाँले जानकारी गराउनुभयाे ।संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथिको छलफलमा उठेका टिप्पणी समेतलाई ध्यानमा राखेर यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने समेत सभामुख घिमिरेले जानकारी दिनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !