१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रेस चौतारी नेपालले आज २६औँ स्थापना दिवस मनाउँदै

प्रकाशित मिति :  २२ माघ २०८०, सोमबार ०६:४६


काठमाडाैं । प्रेस चौतारी नेपालले आज २६औँ स्थापना दिवस मनाउँदैछ ।

दिवसका अवसरमा बागबजारस्थित हाेटल हार्दिकमा शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रम राखिएकाे छ । दिवसका अवसरमा विभिन्न जिल्ला र शाखाहरुमा पनि कार्यक्रम हुँदैछन् ।

चौतारीका महासचिव हिरामान लामाका अनुसार यसवर्ष हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारीलाई प्रदान गरिँदैछ ।

अग्निशिखा पत्रकारिता पुरस्कार चौतारीकै पूर्व वरिष्ठ उपाध्यक्ष माधव नेपाल, चन्द्र न्यौपाने-शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार यासिमा महत र वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार रौतहटका फणिदेव महतलाई प्रदान गर्न लागिएकाे उहाँले बताउनुभयाे ।

डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार रुकुमपूर्वका महेश केसी र सावित्रीदेवी पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेकी काजल तामाङलाई प्रदान गर्न लागिएको महासचिव लामाले जानकारी दिनुभयाे ।

०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले ०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो । साेही दिनकाे स्मरणमा नेकपा एमाले निकट प्रेस चाैतारीले स्थापना दिवस मनाउँदै आएकाे छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !