१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भीमफेदी–महालक्ष्मी खोला— चखेल–मातातीर्थ सडक खण्ड एकतर्फी सञ्चालन

प्रकाशित मिति :  २१ माघ २०८०, आईतवार ०६:११


काठमाडाैं । हेटौँडा—काठमाडौँ जोड्ने छोटो दूरीको मार्ग भीमफेदी–महालक्ष्मी खोला— चखेल–मातातीर्थ सडक खण्डको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ५ मा सुख्खा पहिरोले अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालन भएकाे छ ।

इन्द्रसरोवर गाउँपालिका ५ पाटी चौर सडक खण्डमा जेसिबीले सडक चौडा गर्न कटान गर्ने क्रममा शनिवार सुख्खा पहिरो खसेर बाटो पूर्णरूपमा अवरुद्ध बनेको थियो ।

सडक अवरुद्ध बनेपछि सो मार्ग भएर चल्ने सुमोलगायतका साना सवारीका साधनको आवागमन ठप्प भएकोमा सडक खुलेसँगै गन्तव्यतर्फ लागेका थिए । हेटौँडा काठमाडौँ जोड्ने उक्त सडकको मकवानपुर र काठमाडौँतर्फ हाल स्तरोन्नतिको काम भइरहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !