१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अहिलेकाे गठबन्धन सरकारलाई देशकाे कुनै चिन्ता छैन- केपी ओली

प्रकाशित मिति :  २१ माघ २०८०, आईतवार ०६:००


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले अहिलेकाे गठबन्धन सरकारलाई देशकाे कुनै चिन्ता नभएकाे बताउनुभएकाे छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा शनिबार बसेकाे पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेकाे सत्ता गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीति मात्र गरिरहेकाे बताउनुभयाे ।

गठबन्धन सरकारलाई देशका लागि केही गर्नुपर्छ भन्ने नै नभएकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘जानुपर्ने राजनीति एकातिर छ, अर्कातिर गएकाे छ, सरकार बन्ने-बनाउने-टिकाउने त्यो भन्दा परतिर राजनीति नै भएन, देशको लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन, यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म, सत्तामा पुग्ने र सत्तामा अडिने, त्यत्ति हो यसको राजनीति’

अहिले रेमिट्यान्स बढेकामा सरकार खुशी मनाइरहेकाे तर युवालाई विदेश जानबाट रोक्न नसकेको उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘देश र जनताकाे अवस्था नाजुक छ, युवा विदेश पलायन भईराखेका छन्, उनीहरुलाई रोक्ने होइन, त्यो रेमिटयान्सबाट सरकार आनन्द मनाइरहेकाे छ, रेमिट्यान्सबाट मात्र देश चलाउनु घातक कुरा हाे, काेभिड जस्तै महामारी र विश्वअशान्ति भयाे भने त्यस्ताे अवस्थामा हामी के गर्छाैं ? विप्रेषण अर्थतन्त्र भनेकाे दीगाे विकास हुन्छ ? हिँडनुपर्ने बाटो एकातिर छ, हिँड्न काम अर्कातिर भएकाे छ ।’

नेपाल दीगाे विकासकाे लक्ष्य भेट्न भनेर हिँडिरहेकाे भन्दै उहाँले विप्रेषण अर्थतन्त्र भनेकाे दीगाे विकास हुन्छ भन्दै प्रश्न गर्नुभयाे । सरकारले जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितका लागि केही काम गर्न नसकेको अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘सिँगै हिउँद प्लाष्टिकमुनि मानिसहरु बसिरहेका छन्, हाम्रो भोलेन्टियर्सले १२-१५ सय घर बनाएर त्यत्ति नै हो, अरु केही भएको छैन कस्तो सरकार होला ? केही महिनामै ती काम हुनुपर्थ्याे, २-४ वर्ष विधि प्रक्रियामै लाग्ने हाे भने मानिस मरिसक्छन्, अनि पछि घर बनाएर के गर्ने ? सामग्री पठायाे भने लुटपाट हुन्छ ।’

सरकारले सत्ताकाे दुरुपयाेग गरिरहेकाे भन्दै अध्यक्ष ओलीले सरकारका बेथितिहरुकाे भण्डाफाेर गरेर सरकारलाई थितीमा ल्याउनुपर्ने बताउनुभयाे । कुनै पनि विषयमा अध्ययन गरेर मात्र विषयमा बाेल्न समेत सांसद्हरुलाई उहाँले निर्देशन दिनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘सत्ताका आडमा हुने-नहुने सबै काम भइरहेका छन्, यस्ताे अवस्थामा हाम्राे दलले खाेजी खाेजीकन बेथिति विरुद्ध आवाज उठाउनुपर्छ र सरकारलाई थितिमा आउन थितीमा बस्न वाध्य पार्नुपर्छ, चाहिने कुरा सही ढंगले बाेल्नुपर्छ, सरकारलाई सत्ताकाे दुरुपयाेग गर्न, बेथिति गर्न दिनुहुँदैन, यसका लागि हाम्राे भूमिका प्रभावकारी हुनुपर्छ, कुनै घटना आयाे भने त्यसकाे सबै बुझ्नुस् ।’ उहाँले माैका मिलेसम्म एक-एक इस्युबारे आफूले ब्रिफिङ गर्ने बताउनुभयाे ।

केही मानिसले कराेडाैं कमाएर, देशलाई अर्बाैं घाटा पार्ने, देशलाई पछाडि पारेर आफू सर्पिने जस्ता काम गठबन्धन सरकारले गरिरहेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

अहिलेकाे सरकार भ्रष्टाचार, तस्करी र अयाेग्यताकाे प्रायवाची रहेकाे भन्दै उहाँले यसकाे मनमस्तिष्कमा देश नरहेकाे बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘यसकाे मन मस्तिष्कमा कतैपनि देश छैन, जनता छैन, राष्ट्रियताकाे सन्दर्भमा यसले स्वतन्त्रता, स्वाधिनताकाे उपयाेग गरेन, महत्वपनि दिएन, आर्शिवाद प्राप्त गरेर सत्तामा टिक्नुपर्छ रहनुपर्छ यत्ति हाे ।यिनीहरुकाे उद्देश्य, यसले देशलाई गम्भीर नाेक्सान पारिरहेकाे छ, हामी सजग रहनुपर्छ ।’

राष्ट्रिय हितकाे रक्षा गर्न र सार्वभाैमसत्तामा कुनै कमी आउन नदिनका लागि एमाले काम गर्नुपर्ने उहाँले बताउनुभयाे । आफूहरुले छिमेकीहरुसँग कुनै कटुता नभएर मित्रता चाहाने तर देशकाे हितलाई छाेडेर, तिलाञ्जली दिएर देशलाई कुठाराघात गर्न नहुने अध्यक्ष ओलीले बताउनुभयाे । छिमेकीकाे दलाली गरेर देशलाई नाेक्सान गर्न नपाइने उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले जिम्मेवार र सशक्त भूमिकामा आफूहरु रहेकाे बताउनुभयाे ।

छिमेकीसँग अर्ग्ल्याइँ गर्ने कुनै काम आफूहरुले नगरेकाे उहाँले बताउनुभयाे । आफूले प्रधानमन्त्री र छिमेकी मित्रसँग भेट्दा देशकाे हित अनुसार कुरा गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे ।

अध्यक्ष ओलीले पश्चिम नवलपरासीको रामग्राम स्तूप निजी कम्पनीलाई दिन लागिएको भन्दै आपत्ति जनाउनुभयाे । ल्हारक्याल लामाजस्ताे विवादास्पद मानिसलाई लुम्बिनी विकासकाे काेषकाे उपाध्यक्ष किन बनाइयाे भन्ने कुरा अहिले पुष्टि भएकाे बताउनुभयाे ।

एक जना व्यापारी अरुणकुमार (चाैधरी) लाई पक्राउ गरेर प्रहरी कार्यालयकाे बाटाे हुँदै अस्पताल लग्याे भन्ने कुरा सुनेकाे भन्दै उहाँले यसले पनि देशकाे स्थिति इंगित गर्ने बताउनुभयाे ।

एमालेले झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा चलाइरहेका बेला एनसेल खरिद-बिक्री काण्ड भएकाे अध्यक्ष ओलीले एनसेल काण्डमा सरकारकै मिलेमताे भएकाे बताउनुभयाे ।

सरकार बेलगाम र स्वच्छाचारी रहेकाे भन्दै उहाँले सत्ताकाे दुरुपयाेग गरेर रेडक्रम र स्काउट जस्ता संस्था चलाउन नदिएकाेमा आपत्ति जनाउनुभयाे । स्काउटकाे अधिवेशन स्थगित भएकाेबारे आफूलाई प्रधामन्त्रीले साेधेकाे र जवाफमा प्रधानमन्त्रीले मिलाउनका लागि स्थगित गरिएकाे बताउनुभएकाे बताउनुभयाे । हार्ने स्थिति भएकाे रे त्यसाे भएर चुनाव नगर्ने

सत्ताकै आडमा स्काउटकाे जमिन बलजफ्ती कब्जा गर्ने, पाखुरेहरुले अशान्ति मच्याएर जग्गा कब्जा गर्ने काम गरिरहेका बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘सरकार छ कि छैन याे देशमा, सत्ताकाे कति दुरुपयाेग ? टेरामस्क भन्ने अर्काे काण्ड छ ।’

सुन तस्करी चलेकाे चल्यै भइरहेकाे भन्दै उहाँले सुन तस्करीमा संलग्नलाई आफूहरुले जेल हालेकाे स्मरण गर्नुभयाे । भेपमा साढे ९ केजी भनेर पक्राउ गरिएकाे सुन पछि २ किलाेमा झार्ने जस्ता काम भइरहेका अध्यक्ष ओलीले बताउनुभयाे ।

सर्लाहीकाे बरहथवामा पनि सत्ता गठबन्धनले एमालेका जनप्रतिनिधिमाथि आक्रमण गर्ने जस्ता क्रियाकलाप गरिरहेका भन्दै उहाँले आपत्ति जनाउनुभयाे । बरहथवामा १५ शय्याकाे अस्पताल बनाइएकाे भन्दै उहाँले एमालेकाे मेयर भएकाले चलाउन हुँदैन, ५० बेडकाे बनाएर प्रदेश मातहत लैजाने भनेर अनेक गतिविधि गर्ने काम गठबन्धनले गरेकाे बताउनुभयाे । मन्त्री पछाडि बसेर, अवाच्छित गतिविधि गर्न लगाएर, मेयरकाे घर जलाउन खाेजेर, ढुंगामुढा गराउने काम गठबन्धनले गरेकाे अध्यक्ष ओलीले बतनाउनुभयाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !