१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘पैसाकाे बार्गेनिङ गर्न सरकारले उद्याेगी अरुणकुमार चाैधरीलाई पक्राउ गर्‍याे’

प्रकाशित मिति :  १९ माघ २०८०, शुक्रबार १५:३६


काठमाडाैं । नेपाली कांग्रेसका सांसद् डा. सुनिलकुमार शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले पैसाकाे बार्गेनिङका लागि उद्याेगी अरुणकुमार चाैधरीलाई पक्राउ गरेकाे बताउनुभएकाे छ ।

कांग्रेस संसदीय दलकाे बैठकपछि शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् शर्माले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्रीकाे डिजाँइनमा चाैधरीलाई पक्राउ गर्ने काम भएकाे बताउनुभयाे ।

उद्योगी तथा ठूला घरानालाई पैसाको बार्गेनिङ गर्नका लागि पक्राउ गर्ने काममा प्रचण्ड नेतृत्वकाे सरकार सुरुदेखि नै लागिरहेकाे बताउनुभयाे । ‘मिनबहादुरकाे गिरफ्तारीदेखि अहिलेसम्म हेर्दा ठूला-ठूला उद्याेगपति र ठूला घरानाहरुलाई गिरफ्तार गर्ने, हतोत्साही बनाउने, अण्डरटेबल पैसाको बार्गेनिङ गर्ने प्रचण्डजी र अहिलेका गृहमन्त्रीकाे डिजाइन हाे’- उहाँले भन्नुभयाे ।

चौधरीमाथि कुनै कानुनी प्रश्न भए अदालत जान सकिने भन्दै सांसद् शर्माले व्यापारीलाई आतंकित बनाउने काममा सरकार लागेकाे बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !