१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पाकिस्तानको सैन्य कारबाहीमा दुई विद्रोहीको ज्यान गयाे

प्रकाशित मिति :  १९ माघ २०८०, शुक्रबार ०९:१३


इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको कारबाहीमा दुई विद्रोही लडाकू मारिएको सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले बिहीबार विज्ञप्तिमार्फत् सुरक्षा बलले प्रान्तको डेरा इस्माइल खान जिल्लामा आतङ्कारीहरूको उपस्थितिमा गुप्तचर आधारमा सुरक्षा कारबाही गरेको थियो ।

कारबाहीको क्रममा आतङ्कवादी र सैनिकहरूबीच तीव्र गोलीबारी भएको थियो ।

गोलाबारीमा दुई विद्रोही मारिएको तथा ठूलोमात्रामा हतियार, गोलाबारुद र विस्फोटक पदार्थको पनि बरामद गरिएको आइएसपिआरले जनाएको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !