२७ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा पक्राउ परे व्यवसायी अरुण चौधरी

प्रकाशित मिति :  १८ माघ २०८०, बिहीबार १०:०५


काठमाडौं । छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् ।

बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको प्रहरीकाे भनाइ छ ।

यही घटनामा अनुसन्धानका लागि सीआईबीले बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ ।



प्रतिक्रिया दिनुहोस !