१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सुनको भाउ बढ्यो

प्रकाशित मिति :  १८ माघ २०८०, बिहीबार ०६:३४


काठमाडाैं । बिहीबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ। सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार १५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यसैगरी, यस दिन चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !