१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल र माल्दिभ्सलाई हेर्ने चीन-भारतको नजर

प्रकाशित मिति :  १७ माघ २०८०, बुधबार १७:१४


काठमाडौं । पछिल्लो समय माल्दिभ्समा जे जे राजनितिक घटनाक्रम भएको छ । त्यो घटानमा भारतको हात धेरै छ भन्ने धेरैले आंकलन गरिरहेका थिए ।
र नेपालमा पनि भारतको हस्तक्षप धेरै भएको कुरा व्यापक जनमानसमा फैलिएको छ । र हेर्दा त्यस्तै पनि देखिन्छ ।

यस विषयमा भारतको नेपाल र माल्दिभ्सलाई हेर्ने नजर गर्ने व्यवहार र चीनको नेपाल अनि माल्दिभसलाई हेर्ने नजरमा व्यापक प्रश्न चिन्हा खडा गर्ने ठाँउ देख्न सकिने भएको छ ।

केही महिना अघिमात्रको कुरा हो, चिनियाँ राजदुत छेन सङले भारतसँग कस्तो व्यापार अपनाउने, कस्तो कुटनीति गर्र्ने भनेर राम्रो कुरा वोल्नु भएको थियो । राम्रो कुरालाई अनुसरण गर्नुको साटो नेपालको सबै नेता चुप लागेर बसे । अनि त्यसकुरामा भारतकोे ठूलो टाउको दुखाई भएको थियो । भारतिया मिडियाहरु समेत तातेका थिए ।

साच्चै भन्दा राजदुत छेन सङको भनाई समय सान्र्दभिक नै थियो । अहिलेको सरकारको सुस्त गतिको बेला यस्तो दिव्य उपदेश शहिनै थियो ।

नेपाल र माल्दिभसको हर कुरामा विदेशी शक्तिको हस्तक्षेप हुनु अनि चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागकी उपमन्त्री सुन हायान ले नेपाल आएर दिएको अभिव्यक्तिबाट चीन र भारत बीच नेपालमा अप्रत्यक्ष द्धन्दको संकेत दिएको भनेर सहजै बुझ्न सकिन्छ ।

द्वन्दकाे चपेटामा नेपाल-माल्दिभ्स

दक्षिण एसियामा भारत र चीनको द्धन्द बाहिर देखिने गरी बढ्न थालेको छ । पछिल्लो समय माल्दिभ्स र नेपालललाई लिएर दुई देश बीच द्धन्द देखिएको हो ।

हालै चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागकी उपमन्त्री सुन हायान ले नेपाल आएर दिएको अभिव्यक्तिबाट चीन र भारत बीच नेपालमा अप्रत्यक्ष द्धन्दको संकेत दिएको हो ।

उपमन्त्री हायानले नेपाल र चीनको सम्बन्ध बिगार्न तेस्रो देश लागिपरेको भन्दै भारततिर इशारा गर्नुभएको थियो । भारतले नेपालमा चीनलाई रोक्नेछेक्ने, प्रचण्ड सरकार मार्फत नेपालमा चीनलाई निषेध गर्ने नीति लिएको छ । यो नीति लिएको देखेपछि चीनले औपचारिक रुपमै उपमन्त्री हायान मार्फत् असन्तुष्टि व्यक्त गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकार बनेपछि नेपालमा चीनलाई निषेध गर्ने नीति लिइँदै आएको छ । भारतले नेपालमा चीनको उपस्थिति निमिट्यान्न पार्ने नीति लिएको खुलेआम भइसकेको छ ।

नेपालमा चिनियाँ लगानी आउन नदिने, नेपालमा चिनियाँले गरेको लगानीका विकास आयोजना तथा उद्योग व्यवसायलाई बाधा दिने लगायतको भारतीय नीतिलाई प्रचण्ड सरकारले पूर्ण रुपमा सघाउँदै आएको छ ।

चिनियाँ लगानी तथा चिनियाँ कम्पनीको सहभागिता रहेको जलविद्युत आयोजनादेखि विमानस्थल सम्मलाई भारतले बाधा दिइरहेको छ । चिनियाँ लगानी रहेको सिमेन्ट उद्योगको उत्पादन प्रयोग भएका आयोजनाहरुलाई समेत भारतले बाधा दिन थालेको छ । भारतले आफ्ना विरुद्ध प्रचण्ड सरकारलाई प्रयोग गरेर अति गर्न थालेपछि चीनले बोलेको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीकी उपमन्त्री सुन हायानले नेपाल आएर आफ्ना देश विरुद्ध भारत लागेको प्रष्ट संकेत दिनु कूटनीतिक रुपमा अनौठो मानिएको छ । उपमन्त्रीले अपरोक्ष रुपमा प्रचण्ड सरकारलाई नै आरोपित गरेको जानकारहरु बताउँछन् ।

चिनियाँ टोली नेपाल आउनु अघि माल्दिभ्स गएको थियो । माल्दिभ्सबाटै उपमन्त्री हायान सहितको टोली नेपाल आएको थियो ।

चिनियाँ टोली माल्दिभ्स पुगेर फर्कनासाथ त्यहाँ अशान्ति सुरु भएको छ । माल्दिभ्सका भारत समर्थित प्रतिपक्षी दलहरुले त्यहाँको सरकार विरुद्ध अभियान चलाएका छन् । माल्दिभ्सका प्रतिपक्षी पार्टीहरुले निर्लज्ज तरिकाले खुलेआम भनिरहेका छन्, प्रधानमन्त्री मोहम्मद मोइज्जू तथा उनको सरकारले भारतसँग माफी माग्नुपर्छ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग माफी माग्नुपर्छ ।

मोइज्जू सरकारले माल्दिभ्समा रहेको भारतीय सेना हटाउने निर्णय गरेको छ । आफ्नो देशबाट विदेशी सेना हटाउने निर्णयलाई प्रतिपक्षी दलहरुले स्वागत गर्नुपर्नेमा उल्टै विरोध गर्ने लाजमर्दाे परिस्थिति माल्दिभ्समा देखिएको छ । माल्दिभ्सका प्रतिपक्षी दलहरुले मोहम्मद मोइजू सरकार हटाउन संसद्मा प्रस्ताव लैजाने तयारी गरिरहेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको टोली माल्दिभ्सबाट फर्कनासाथ भएको राजनीतिक उतारचढावमा भारतको स्पष्ट हात देखिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार माल्दिभ्सको सरकार हटाउन भारतकै पहलमा प्रतिपक्षी दलहरुले अभियान चलाएका हुन् ।

यता, नेपाल आएको चिनियाँ टोलीले नेपाल चीन सम्बन्ध बिगार्न तेस्रो पक्षको हात रहेको भनि गरेको टिप्पणीमा भने भारत अहिलेसम्म बोलेको छैन । चिनियाँ उपमन्त्रीको भनाईमा भारत भन्ने शब्द परेको छैन । उपमन्त्री हायानले भारततिर इशारा गरे पनि भारतको नाम किटान गर्नुभएको थिएन । यही कारण पनि प्रतिक्रिया दिन भारतले ढिला गरेको आकलन गरिएको छ ।

कूटनीतिक क्षेत्रका जानकारहरु भन्छन्– भारतले कुनै न कुनै रुपमा चिनियाँ टिप्पणीको जवाफ दिनेछ तर कहिले र कसरी दिनेछ भन्ने यकिन गर्न सकिँदैन ।

देखेको कुरा भन्ने चीनको खेदो खन्ने प्रवृतिले नेपाल अनि माल्दिभ्सको अहिलेको स्थिति आएको सहजै अनुमान लगाउन सकिन्छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !