१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नक्कली भ्याट बिल बनाइ कर छलीको आरोप लागेको भाटभटेनीले २ अर्ब रुपैयाँ राज्यकोषमा बुझाउनुपर्ने

प्रकाशित मिति :  १७ माघ २०८०, बुधबार ०५:२०


काठमाडाैं । नक्कली भ्याट बिल बनाइ कर छलीको आरोप लागेको भाटभटेनीले २ अर्ब रुपैयाँ राज्यकोषमा बुझाउनुपर्ने भएकाे छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिवानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेपछी भाभटेनीले उक्त जरीवाना तिर्नुपर्ने भएकाे हाे ।

न्यायाधीशहरु डा.कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले भाटभटेनीकाे फैसलालाई सदर गरेको हो ।

नक्कली भ्याट बिल बनाइ कर छलीको आरोप लागेको भाटभटेनीमाथि यसअघि सर्वोच्च अदालतले गरेको फैसलालाई नै न्यायाधीशहरुको इजलासले सदर गरेको हो ।

यस फैसला भएपछि अब भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर, जरिवाना र ब्याज बापत करिव २ अर्ब रुपैयाँ हाराहारीको रकम राज्यकोषमा बुझाउनुपर्ने भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !