१८ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जल्पा सामुदायिक लघुवित्तले मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

प्रकाशित मिति :  १७ माघ २०८०, बुधबार ०५:१६


काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएकाे छ।

सस्थाकाे माघ १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेकाे हाे ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ।



प्रतिक्रिया दिनुहोस !