१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौंका जेब्रा क्रसिङको हरिविजोक,ज्यान जोगाएर काट्नु पर्छ बाटाे

प्रकाशित मिति :  १६ माघ २०८०, मंगलवार ११:५३


काठमाडाैं । काठमाडाैंकाे अधिकांश जेब्राक्रसले ठम्याउन समेत सक्ने अबस्थामा छन् ।

काठमाडौंमा सडक वार पार गर्दा ज्यान जाेखिममा राखेर सडक वारपार गर्नु पर्छ ।

न त जेव्रा क्रसिङ बुझिन्छ । न त जेब्रा क्रसिङ छाडेर सवारीहरु रोकिन्छन् ।

यहाँ कतै जेब्रा क्रसिङ बुझिदैन । अनुमानको भरमा बटुवाले बाटो काट्नु पर्छ ।

यो लापरवाही सहजै भन्न सकिन्छ कि नेपाल सरकारको तलव भत्ता खाएर बसेको सडक विभागको र नेपाल सरकारको हो भनेर ।

यसरी मानिसले ज्यान जोखिमा राखेर बाटो बार पार गर्दा सरकारले ध्यान दिनु पर्दैन ? सडक विभागलाई घचघचाउनु पर्दैन थियो । अवस्य पर्थो । तर प्रचण्ड नेतृत्वको सरकार कानमा तेल हालेर बसेको छ ।

मन्त्री प्रधानमन्त्री लगायत ठूला व्यक्तिहरुले यहाँ भिडियोमा देखिए जस्तै गरि बाटो काट्नु पर्दैन । उनीहरुको गाडी समेत सडकमा रोकिदैन । जनताको पीर मर्का उनीहरुले बुझ्दै बुझ्दैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदमा रहिरहु र प्रधानमन्त्रीको कुर्सीमा कसरी टिकिरहन सकिन्छ भन्ने मात्र ध्यान छ । भौतिकपूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पनि यसमा बेखबर हुनुहुन्छ । उहाँ पनि मन्त्री पद जोगाउनमै व्यस्त हुनुहुन्छ ।

ट्राफिक प्रहरी दिनभर हात हल्लाउँदै सडकमा बस्छन् । तर, यस्तो जेब्राक्रसका बारेमा र सडकको यस्तो अवस्थाका बारेमा केही बोल्दैनन् । न त सरकारलाई नै झकझकाउछन् ।

जनतालाई भएको सास्ती सरकारले नबुझे कसले बुझ्ने ? सडकको व्यवस्थापन अस्तव्यस्त छ । आम नागरिकले जोखिम मोलेर सडक पार गर्नु पर्ने अवस्थाको सरकारले ध्यान दिनु पर्दैन । हरेक नागरिकको जिवनको रक्षा गर्नु सरकारको प्रमुख कतव्र्य हो । तर पनि सरकार जनताको जिवन माथि खेलबाड गर्दै छ । यसरी बाटो घाटोमा मानिसको जिवन माथि सरकारले नै खेलबाड गुर्न उचित हुन्छ त ? अहँ हुँदै हुदैन ।



प्रतिक्रिया दिनुहोस !