१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

उत्कृष्ट डेरीको सम्मान ‘धमला डेरी’ लाई

प्रकाशित मिति :  ११ माघ २०८०, बिहीबार ०८:५०


काठमाडौं । भक्तपुर स्थित धमला डेरी प्रडक्ट्स प्रा.लि. लाई उत्कृष्ट डेरीको सम्मान प्रदान गरिएको छ ।

गुणस्तरीय उत्पादनका साथै स्वच्छ र स्वस्थ दुधका परिकार उत्पादन तथा दुध, दहीकाे बिक्रिवितरण गर्दै आएकाे धमला डेरीलाई नेपाल डेरी एसोसिएसनको रजत जयन्तीको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो ।

विभिन्न सम्मानसहित विविध कार्यक्रम गरी एसोसिएसनले माघ ७ गते आइतबार रजत जयन्ती थियाे ।

कार्यक्रमका प्रमुख अतिथि पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. रेवती रमण पौडेल, विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले धमला डेरीका दीपप्रसाद धमलालाई सम्मान प्रदान गर्नुभएकाे थियाे ।

सम्मानित भएसँगै ठूला डेरीका तर्फबाट उत्कृष्ट डेरीको सम्मान पाउँदा गौरव महसुस भएको धमला डेरीका दीपप्रसाद धमलाले बताउनुभयाे ।

‘हामीले उत्पादनमा विशेष ध्यान दिएका थियाैं । जसकाे मुल्यांकन स्वरुप आज याे सम्मान ग्रहण गर्न पाउँदा एकदमै गाैराम्वित महसुस भएकाे छ’ उहाँले बताउनुभयाे ‘म र मेराे डेरीकाे लागि याे सम्मान सम्मान हाेइन, हाैसला र अन्य डेरी सञ्चालकका लागि प्रेरणा पनि हाे भन्ने विश्वास गरेकाे छु ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !