१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सङ्क्रमणकालीन न्यायका बारेमा तीन दलका शीर्ष नेता बिच छलफल, निस्किएन निष्कर्ष

प्रकाशित मिति :  ८ पुष २०८०, आईतवार ०६:३७


काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका नेता बिच आइतबार प्रधानमन्त्री निवासमा छलफल भएको छ ।

नेताहरूबिच सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल भएको छ । सो विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा माओवादी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जम्मा हुनुभएको थियो । उहाँहरूका साथमा कांग्रेस नेता रमेश लेखक पनि बैठकमा सहभागी हुनुहुन्थ्यो ।

बैठकमा सङ्क्रमणकालीन न्यायलाई सहमतिमै टुङ्ग्याउने विषयमा नेताहरूको छलफल भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । ‘यो विषयलाई चाँडो टुङ्गोमा पुर्याउँ भन्ने नेताहरूले भनाइ राख्नुभयो’, लेखकले भन्नुभयो ।

सो विषयमा छलफल भए पनि नेताहरू कुनै सहमतिमा भने पुग्नु भएको छैन । सोमबार साँझ सो विषयमा छलफल गर्न फेरी बस्ने गरी आजको छलफल टुङ्गिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !