१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चिवाभञ्ज्याङ पुग्याे एमालेकाे संकल्प यात्रा, झुलाघाटबाट सुरु भएकाे यात्रा आज सकिँदै

प्रकाशित मिति :  १ पुष २०८०, आईतवार ०५:२९


काठमाडाैं । नेकपा एमालेकाे संकल्प टाेली पाँचथरकाे चिवाभञ्ज्याङ पुगेकाे हाे ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राकाे अन्तिम दिन आइतबार बिहानै फिदिमबाट हिँडेकाे एमालेकाे टाेली केहीबेरअघि चिवाभञ्ज्याङ पुगेकाे हाे ।

एमालेको पहिलो टोली स्थल मार्गबाट पुगेको छ । पहिलो टोलीमा केन्द्रीय नेताहरु एमाले सचिव गाेकर्ण विष्ट, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य गोविन्द थापा, अइन्द्र सुन्दर नेम्वाङ, विनोद श्रेष्ठ लगायत नेताहरु हुनुहुन्छ ।

अध्यक्ष केपी शर्मा ओली सहितको अर्काे टाेली भने केहीबेरमा हेलिकप्टरबाट पुग्दैछ । अध्यक्ष ओलीले त्यहाँ नेपाल भारत-सिमानामा नेपालकाे राष्ट्रिय झण्डा फहराउनुहुनेछ ।

सम्बन्ध स्थानीय – सन्देश राष्ट्रिय भन्ने नारासाथ मंसिर १४ गते राष्ट्रिय झण्डा झण्डाेत्तलन गरेर बैतडीकाे झुलाघाटबाट सुरु भएकाे संकल्प यात्रा आज सकिँदैछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !