१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पानी परेर भाेजपुरमा एमालेको सभा सर्‍याे

प्रकाशित मिति :  २७ मंसिर २०८०, बुधबार १०:२०


भोजपुर । आज भाेजपुरमा व्यापक पानी परेकाले  एमालेको समृद्धिका लागि संकल्प यात्राको दौरानमा गरिन लागेको विशाल सभा प्रभावित भएको छ ।

भाेजपुरमा व्यापक पानी परेपछि भोजपुर नगरपालिकाको सभा हलमा  सभा सरेकाे हाे ।

संकल्प यात्राका दौरानमा एमाले अध्यक्ष केपी शर्मा ओली सहितको पार्टी पंक्ति खोटाड हुँदै भोजपुर आइपुगेको छ । भोजपुर बजारमा पार्टी कार्यालयमा ठूलो सभा गरिन लागेको थियो । तर, व्यापक वर्षा भएपछि सो सभालाई भोजपुर नगरपालिकाको सभा हलमा सारिएको छ ।

सभा थालनी गर्दै एमालेका भोजपुर जिल्ला अध्यक्ष शरणकुमार राईले खुला ठाउँमा गर्न लागिएको सभा हलमा गर्नुपरेकोमा दुःख व्यक्त गर्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !