१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई राहतमा प्राथमिकता : प्रधानमन्त्री

प्रकाशित मिति :  २४ कार्तिक २०८०, शुक्रबार ०७:३७


जानकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई राहत वितरणमा प्राथमिकता दिएको बताउनुभएको छ । रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल पुल उद्घाटनका लागि नेपालगञ्जबाट रोल्पा प्रस्थान गर्ने क्रममा पत्रकारसँग कुरा प्रधानमन्त्री दाहालले सरकारले भूकम्पपीडितका लागि राहत वितरणमा कुनै कसर बाँकी नराखेको समेत बताउनुभयो ।

“राहत व्यवस्थापनका लागि सरकारले पहिलो प्राथमिकतामा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेको छ”, प्रधानमन्त्रीले दाहालले भन्नुभयो, “राहत वितरण प्राथमिकताका आधारमा भइरहेको छ ।”

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन पनि प्रधानमन्त्री प्रचण्डसँगै रोल्पा जानुभएको छ । सो अवसरमा प्रधानमन्त्री दाहाललाई लुम्बिनी प्रदेश सांसद नमूना केसीले बाँकेको नरैनापुरस्थित प्रशासकीय भवन र अस्पताल उद्घाटनका लागि प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाउनुभएको थियो ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !